दुहबीः नेपाल कम्युनिष्ट पार्टी बुढीगङ्गा गाउँपालिका कमिटीको आयोजनामा बडादशैं शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बुढीगङ्गा गाउँपालिकाका उद्योगी, समाजसेवी, बुद्धिजीवी, नेता कार्यकर्तालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले शुभकामना आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणको कामलाई तीव्रता दिने प्रतिबद्धता जनाए ।
मन्त्री पण्डितले सङ्घीय प्रदेश र स्थानीय तहको कानुन शिशुकालमा रहेकाले कर्मचारी समायोजन लगायतका विषय बिस्तारै पूरा हुँदै जाने बताए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य विनोद ढकाल, गोपी आछामी, महेश रेग्मी तथा नेताहरू सत्यनारायण चौधरी, प्राध्यापक कविराज न्यौपाने, समाजसेवी माधव कोइराला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।