इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको उपचारका क्रममा ज्यान गएको छ ।

मृत्यु हुनेमा धनकुटाको धनकुटा नगरपालिका ४ घर भएकी ७७ वर्षीया महिला रहेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोख्रेलले बताए । उनका अनुसार गत पुस १४ गते स्वासप्रस्वासको समस्याका कारण उपचारार्थ प्रतिष्ठान भर्ना भएकी महिलामा पुस १६ गते संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखी उपचार सुरु गरिएकी महिलाको उपचारका क्रममा आज बिहान ६ बजे ज्यान गएको सहप्रवक्ता पोख्रेलको भनाइ छ । मृतक महिला लामो समयदेखि हाइपरटेन्सन नामक दीर्घकालीन मानसिक समस्याबाट पीडित रहेको प्रतिष्ठानले जनाएको छ ।