बेलबारीः प्रत्यक्ष बचत तथा ऋण सहकारी संस्थाले आफ्नो छैटौ वार्षिक साधारणसधा सम्पन्न गरेको छ । सो संस्था नारी जागरण समूह बेलबारीको पुत्री संस्थाको रूपमा रहेको जनाइएको छ ।
बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले कार्यक्रमको उद्घाटन गर्दै नारी जागरणले समाजमा पु¥याएको योगदानको चर्चा गरिन् । संस्थालाई नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्न आफू तयार रहेको पनि उनले सो अवसरमा बताइन् । नगरपालिकाले पारित गरेको सहकारी नीतिले नगरभरिका सहकारीलाई सहयोग पु¥याउने पनि उनले बताइन् ।
नगरकार्यपालिका सदस्य खिना थापा, बागदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष फणिन्द्र थापा, आदर्श टोल विकास संस्थाका अध्यक्ष रञ्जित गुरुङ आदिले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।
संस्थामा नियमित कारोबार गर्ने २ जना, असल ऋणी २ जना, ज्येष्ठ सदस्य ६ जना तथा सेयर सदस्यका छोराछोरी मध्येबाट गत वर्षको एसईईमा उत्कृष्ट अङ्क ल्याउने १ जना छात्र र एक जना छात्रालाई कार्यक्रममा सम्मान गरिएको थियो ।
संस्थाको वार्षिक प्रगति प्रतिवेदन संस्थाकी सचिव बिना राई र आर्थिक प्रतिवेदन चिन्ता उप्रेती ‘सुजा’ले गरेका थिए ।
रामकुमारी राईको अध्यक्षतामा भएको साधारणसभाको सञ्चालन तोया लिम्बूले गरेकी थिइन् । कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो ।