बेलबारीः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अहिलेको सरकारको समीक्षा गर्ने बेला नभएको बताएका छन् । धान रोपेर महिना दिनमै काट्दा प्रतिफल नआउने उनले बताए । धान रोपेर गोडमेल गर्दै मलजल गरेपछि मात्रै फल्ने बताउँदै उनले अहिलेको सरकारको जन्मनासाथ विरोध भएकाले काम गर्न नपाएको बताए ।

आफ्नै पार्टीका नेताहरूले सरकारको सरकारको विरोध गर्ने गरेको उनले आरोप लगाएका छन् । बेलबारी नगरपालिका तथा जनसांस्कृतिक महासङ्घले गरेको छुट्टाछुट्टै कार्यक्रममा बोल्दै मन्त्री पण्डितले अघिल्लो सरकारले कुनै कानुन नबनाएका कारण जनताले सोचेजस्तो काम गर्न नसकेको समेत बताए । उनले सङ्घीय सरकारको बचाउ गर्दै प्रदेश तथा स्थानीय सरकारको विरोध गरे ।

‘भकारीमा धान नराखे पनि हामी खान चाहिँ सिपालु छौँ’, मन्त्री पण्डितले भने, ‘कर तिर्दिनँ पनि भन्ने अनि आफ्नो घर अगाडिको बाटो पनि पिच बनाउनुपर्ने ।’ उनले प्रदेश र स्थानीय सरकारले लगाएको करको जवाफदेहिता समेत आफैँ हुनुपर्ने बताए ।