वासिङ्टन डीसीः अमेरिकाले भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न आग्रह गरेको छ ।

बाइडन प्रशासनले ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकहरुलाई ती देशको भ्रमण नगर्न आग्रह गरेको हो । अमेरिकाले कोरोना महामारी, आतंकवाद र साम्प्रदायिक हिंसाको अवस्थालाई मध्यनजर गर्दै ट्राभल एडभाइजरी जारी गरेको छ । अमेरिकाले भारत–पाकिस्तानको सीमा क्षेत्रमा समेत नजान भनेको छ । आतंकवादी संगठनहरु सीमा क्षेत्रमा सक्रिय रहेको अमेरिकाको ठहर छ । भारत–पाकिस्तानको सीमा क्षेत्रमा गोलीबारी भएका खबरहरु सार्वजनिक भइरहेको पृष्ठभूमिमा अमेरिकी सरकारले आफ्ना नागरिकलाई सचेत गराएको हो । -एजेन्सी