गछियाः सुन्दरहरैंचाको वडा नम्बर ३ को कार्यालयले दशैंलगायतका चाडपर्वको अवसर पारी शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
दशैंको अवसरमा एकापसमा शुभकामना आदानप्रदान गर्न कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष जीवन ढुङ्गानाले बताए । वडा कार्यालयमा भएको कार्यक्रममा बोल्दै वडाध्यक्ष ढुङ्गानाले वडावासीको काम गर्ने क्रममा कुनै गल्ती काम नभएको बताए । अन्जानमा कुनै काम भएको भए त्यसको जवाफदेही आफैं हुने पनि उनले सो अवसरमा बताए । सार्वजनिक कार्यक्रममा यसरी स्पष्ट कुरा राख्नुलाई धेरैले सकारात्मक रूपमा लिएका छन् ।
‘जनताको माग बमोजिम काम गर्न म तयार छु’, ढुङ्गानाले भने, ‘विकाससँग आउने हरेक गतिविधिमा मेरो वा मेरो समूहको नाम अग्रस्थानमा रहेको छ ।’ कार्यक्रममा वडावासीको उल्लेख्य उपस्थिति थियो ।