फिदिमः पाँचथरको फिदिममा मोटरसाइकल सिक्ने क्रममा भएको दुर्घटनामा एक व्यक्तिको आफ्नै आँगनमा ज्यान गएको छ । फिदिम नगरपालिका–११, बाबुङगाका ३२ वर्षीय सुवास आङ्बोको आफ्नै घरको आँगनमा ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बिहीबार बिहान आफ्नै घरको आँगनमा मे ५ प ९०७४ नम्बरको मोटरसाइकल सिक्ने उनको ज्यान गएको हो । उनी मोटरसाइकलसहित आँगनको डिलमुनि खसेको थियो । दुर्घटनापछि उपचारका निम्ति अस्पताल लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको प्रहरीको भनाइ छ ।