प्रेमको शहर (कविता)

  • फाल्गुन २, २०७७
  • ७८ पटक पढिएको
  • तारा पराजुली
alt

तिमी स्वीकार
या नस्वीकार जे गर
तर हामीले प्रेम दिवस थाहा हुनुभन्दा धेरै अघि
पढेका हौँ प्रेमको वर्णमाला
उतिबेलै हामी आफैंले उठाएका हौँ
प्रेमको बढेमान पर्वत
त्यहीँ बनाएका हौँ
प्रेमकै इट्टा इट्टा जोडेर सुरक्षित घर
बनाएका हौँ भव्य शहर
अनि बसाएका हौँ उज्यालो बस्ति
र एकाअर्कालाई गरेका हौँ बेस्सरी प्रेम ।

त्यो समय
एक साथ सयौं सूर्यहरु उदाएको समय
अचानक भेटिएका थियौँ हामी ।

यो शहर,
जहाँ फूलबाट छुट्ट्याउन सकिन्न सुवास
जसरी आगोबाट छुट्ट्याउन सकिन्न राप
त्यसैगरी छुट्ट्याउन सकिन्न
अनुहारबाट समावेसी आभा ।
र अलग्याउन सकिन्न मनको आलिशानबाट
प्रेमको लोकप्रिय लय ।

नहिँडुन्जेलको झाडी बाटो
हिंड्दै गएपछि गोहो बन्छ
यस्तै ससाना गोरेटोहरु भेटिएर
हामी चौडा सडक बन्यौँ ।

बगानका झाङहरुबाट चिया टिपेझैँ
उमेरका रङ्हरु टिपेर
रङ्गैरङ्गको इन्द्रेणी बनायौँ
फूलहरुको बस्तिबीच
कहिले फूल त कहिले सुगन्ध बाच्यौँ ।

रहरको लट्टाइमा फनफनी बाँधिएर
विश्वासको चङ्गा अग्लिरह्यौँ
यो यस्तो उचाइ,लाग्छ
यहाँभन्दा माथि अर्को आकाश छैन
तमाम तारा नक्षत्रहरु यतै छन् ।

यो यस्तो प्रेमको शहर
जहाँबाट सिङ्गै संसार आँखामा देख्न सकिन्छ
जहाँ अविराम बजिरहन्छ प्रेमको सारङ्गी
अनि गुन्जिइरहन्छ प्रेमगीत ।

यही बाटोमा हिँड्दाहिँड्दै कतै भेटेका हौँ
कैयौं पटक अराजक पहाडहरु
सुनेका हौँ थुप ्रैपटक
विसङ्गत र असभ्य सर्तहरु
र अन्तमा देखेका हौँ असिनाजस्तै बिलाएर गएको
समयको एउटा अमानक गर्त ।

बर्षात्पछि खुलेको पृथ्वीझैँ
यो सफेद मौसम हेर्दै
त्यसपछि
यही सर्वोच्च प्रेम शिविरमाथि बसेर
गाएका हौँ हामीले पहिलो प्रेमगीत
र एक एक टुक्रा कलेजो निचोरेर
रातो मसीले लेखेका हौँ
प्रेमको सर्वमान्य र सार्वभौम सिद्धान्त ।।।

तारा पराजुली, बेलबारी मोरङ

प्रतिक्रिया दिनुहोस

इटहरीमा ३९ पिन्ट रगत संकलन

इटहरीः लायन्स क्लब अफ पचरुखी र पचरुखी युवा क्लबको संयुक्त आयोजनामा इटहरी ५ पचरुखी चौकमा भएको रक्तदान ...

इटहरीमा विकासको लहरः आफ्नै वडा कार्यालयदेखि आधारभूत स्वास्थ्य चौकी वडा–वडामा

इटहरीः इटहरी उपमहानगरपालिका विकासको काममा ‘कुहिरोमा हराएको काग’ जस्तै भएको सर्वत्र आलोचन ...

पोखरामा आन्तरिक पर्यटकको आवागमनमा वृद्धि

पोखराः आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य पोखरामा पर्यटकको चहलपहल बढेको छ । कोरोना भाइरसका कारण लाम ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved