चीनले पूर्वी लद्दाखस्थित भारतसँगको सीमा (एलएसी) मा तयार गरेको हेलिप्याड नष्ट गरेको छ ।

वास्तविक नियन्त्रण रेखानजिकै फिंगर फाइफमा बनाएको संरचना चीनले भत्काएको बीबीसी हिन्दीले लेखेको छ । टाइम्स अफ इन्डियामा छापिएको समाचारअनुसार गत वर्ष भारत र चीनबीच तनाव बढेका बेला चीनले पेङ्गोङ्ग झरनाको उत्तरी किनारमा हेलीप्याड र अन्य संरचना बनाएको थियो । साथै, यो क्षेत्रमा अस्थायी किल्ला पनि तयार गरेको थियो । भारतसँग विवाद साम्य पार्ने सहमति भएपछि चीनले यी संरचना नष्ट गर्न थालेको उल्लेख गरिएको छ । गत फेब्रुअरी १० मा भारत र चीनबीच सीमामा सैनिक उपस्थिति घटाउन प्रकृया सुरू गर्ने सहमति भएको छ। अब दुवै देशका सैनिक पुरानै स्थानमा फर्कनेछन् । -एजेन्सी