इटहरीः इटहरी साहित्यिक समूहले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘धरणीधर दाहाल स्मिृति पुरस्कार’ बाट यस वर्ष दुई जना साहित्यकार तथा कलाकर्मी सम्मानित भएका छन् ।

धरणीधर स्मृति कला केन्द्रमा आयोजना भएको एक कार्यक्रमका बीच इटहरीका समाजसेवी तथा कलाकर्मी राजु केसी र साहित्यकार तथा प्राध्यापक शैलेन्दुप्रसाद नेपाल सम्मानित भएका हुन् । साहित्यकार बुलु मुकारुङको प्रमुख आतिथ्यमा आयोजना भएको कार्यक्रममा साहित्यकार तथा कलाप्रेमीहरुको उपस्थिति रहेको थियो ।

सम्मानित हुने दुवै जनालाई जनही २५ हजार एक सय रुपैयाँ नगद तथा सम्मानपत्रले सम्मान गरिएको थियो । दुवै स्रस्टाले पूर्वेली साहित्य तथा संगीतमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै सम्मान गरिएको इटहरी साहित्यिक समूले जनाएको छ ।