बेलबारीः मोरङको पथरीमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । काँकरभिट्टाबाट धरानतर्फ आउँदै गरेको को १ ख ४५१५ नम्बरको बस पथरी नगरपालिकाको वडा नम्बर २ स्थित हरियाली सामुदायिक बनमा पल्टिएको हो ।
तीव्र गतिमा गुडिरहेको बस अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख कमल बजगाईले बताए । बस आफ्नो साइडको विपरीत दिशा अर्थात् सडकको उत्तरतर्फ पल्टिएको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।