आइतबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा इटहरीबाट भैरहवा जाँदै गरेको बस दुर्घटनामा परेको छ । सो दुर्घटनामा परी मृत्यु भएका ६ जनामध्ये ३ जना पूर्व क्षेत्रका रहेका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा सुनसरीको कोशी गाउँपालिका घर भई जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासी पश्चिममा कार्यरत ३२ वर्षीय अब्दुल अन्सारी, मोरङको सुन्दरहरैंचा–१२ का ११ वर्षीय सुहन कार्की र भोजपुरको हतुवागढी–६ का २७ वर्षीय रामजीत राई रहेका छन् ।
शनिबार साँझ इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४५४ नम्बरको बस आइतबार बिहान ५ बजे दुर्घटनामा परेको थियो ।