इटहरीः मोरङको बेलबारी नगरपालिकाले नगरपालिकाभित्रका गर्भवति तथा सुत्केरी महिलाहरुलाई पोषणयुक्त खानेकुरा वितरण गरेको छ ।

बेलबारी नगरपालिकाको समन्वय, एक्टिभ नेपाल मोरङको संयोजन र स्वीस कन्ट्र्याक्ट संस्थाको सहयोगमा नगरपालिकाका ११ वटै वडाहरुका १ सय ४५ जना गर्भवति तथा सुत्केरी महिलाहरुलाई पोषणयुक्त खाद्यसामग्री वितरण गरिएको नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बताइन् । एक्टिभ नेपाल मोरङको संयोजनमा स्वीस कन्ट्र्याक्टको युवा रोजगार परियोजना कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको एक्टिभ नेपाल मोरङका कार्यक्रम संयोजक सुमन कार्कीले बताए ।

sahayog2

 

सामग्री वितरण गर्दै उपमेयर पराजुलीले नागरिकहरु कोरोनाको कारण आयआर्जनबाट विमुख बन्नुपरेको अवस्थामा सहयोगी सस्थाहरुले गरेको उक्त कार्यले गर्भवति तथा सुत्केरी महिलाहरुलाई ठूलो सहयोग र राहत पुर्याएको भन्दै सहयोगी संस्था एक्टिभ नेपाल मोरङ र स्वीस कन्ट्र्याक्टलाई धन्यवाद ज्ञापन गरिन् ।

sahayog3.