काठमाडौँः नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चितिबढाएबापत करिब रु पाँच अर्ब रकम प्राप्त गर्ने भएको छ ।

बुधबार वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली र विश्व बैंकका देशीय निर्देशक फरिस अदाद–जेर्भाेसबीच भएको उत्सर्जन कटौती खरीद सम्झौअनुसार नेपालले ४५ मिलियन अमेरिकी डलर प्राप्त गर्ने भएको हो । सो सम्झौतानुसार नेपालले पश्चिम तराईका जिल्लाका वनबाट ९० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन घटाउने छ । यसरी वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत नेपालले सो रकम पाउन लागेको मन्त्रालयले जनाएको छ ।

साथै समुदायमा आधारित वन व्यवस्थापन सुधार, राष्ट्रिय वनका लागि उपभोक्ता अधिकार स्थानीय समुदायमा हस्तान्तरण, एकीकृत भूमि उपयोग योजना सुधार, ऊर्जाको वैकल्पिक स्रोतको प्रवद्र्धन र संरक्षित क्षेत्र व्यवस्थापनको क्षमता अभिवृद्धि गरिनेछ । बैंकसँग यस्तो सम्झौता गर्ने नेपाल एशिया–प्रशान्तमा पाँचौँ र विश्वव्यापी रूपमा १२औँ देश हुन पुगेको छ । -रासस