बेलबारी: कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले अहिलेको सरकार गोरु जुधाई जस्तो नभएको बताएका छन । मोरङ क्षेत्र नम्बर ३ मा ४ दिने कार्यक्रम लिएर आएका मान्त्री ढकालले बुधबार बेलबारीमा नेकपा नगरकमिटिले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले भेडाको जुधाई जस्तै लक्ष्यमा काम गरिरहेको बताएका छन ।
सवैतिर सरकारको बिरोध भईरहेका बेला मन्त्री ढकालले अहिलेको सरकार हान्ने गोरु जस्तो तमसेर अगाडि नबढेको, हान्दा पनि भेडा जस्तो पछाडि सरेर उठन नसक्ने गरी हान्ने बताएका हुन ।
उनले केपि ओली नेतृत्वको सरकार हतारको सरकार नभएको बताएका छन । उनले कांग्रेसप्रति ब्यंग गर्देै भेडाले हाने जस्तै बिकास गर्दा काग्रेसले हेरर मात्रै बस्ने दिन आएको बताएका छन । ‘केटाकेटि उमेरमा दुई तिर बाट गाडि आउँदा जुध्यो जुध्यो भन्दै हेर्ने गरेका थियौं’ मन्त्रि ढकालले भने ‘तर गाडि जुध्दैन थियो, काग्रेस पनि अहिले त्यसरी नै कतिबेर जुध्छ भनेर हेरी रहेको छ ।’
आफ्नो निर्वाचन क्षेत्रका बेलबारी सुन्दरहरंैचा कानेपोखरी पथरी लगायतका स्थानमा गरीएको कार्यक्रममा मन्त्री ढकाललाई खोलाको तट्बन्धन, सुकुम्बासी समस्या समाधान, अस्पतालको स्थपना, सडकको कालोपत्रे पर्यटकिय क्षेत्रको बिकास अन्तराष्ट्रिय स्तरको खेलमैदान, वेरोजगारलाई रोजगारी जस्ता कार्यक्रम ल्याउन जनताले सुझाब दिएका छन । बेलबारी नगरपालिका मेयर ज्ञानेन्द्र सुबेदीले गत बर्ष आएको बाढीले बगाएको लोहान्द्रा नदिको पुल निर्माण छिटो गरीदन आग्रह गरेका छन । उनले डिपि आर बन्न थालेको बताउँदै बजेटको ब्यबस्थापन गरीदिन मन्त्रि समक्ष आग्रह गरेका हुन । खोलामा तट्बन्धन नहुँदा पानी परेको रात निद्रा समेत नलाग्ने गरको भन्दै खोलाको तटबन्ध तथा सुकुम्बासी समस्या समाधान गरिदिन समेत आग्रह गरेका छन ।