इनरुवाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरीको आयोजनामा दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको सीमावर्ती देवानगञ्जमा नेकपाले आफ्ना पार्टी कार्यकर्ता र शुभचिन्तकको बीचमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा नेकपाका प्रदेश एकका इन्चार्ज भीमप्रसाद आचार्य, सुनसरीका १२ वटै स्थानीय तहका नेता, पूर्व सभासद, सांसद तथा पार्टीका विभिन्न भातृ सङ्गठनका पदाधिकारीको उपस्थिति थियो ।