मंगोलियामा धुलोसहितको भीषण आँधीबेहरी परी ६ जनाको मृत्यु भएको छ ।

आँधीमा हराएका ५ सय ४८ जनामध्ये ४ सय ६७ जीवित भेटिएका मंगोलियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय (नेमा)ले जनाएको छ । नेमाका अनुसार आँधीका कारण मंगोलियाका दक्षिणी प्रान्त दुंडगोभीमा पाँच र मध्यपश्चिमी प्रान्तमा एक जनाको मृत्यु भएको छ । अझै बेपत्ता ८१ जनाको खोजी भइरहेको छ । स्थानीय मिडियाका रिपोर्टअनुसार पश्चिमी मंगोलियाको केही क्षेत्रहरूमा आँधीबेहरीको कारण साताको अन्त्यमा ठूलो मात्रामा विद्युत् कटौती भएको छ ।

छिमेकी मुलुक चीनको राजधानी बेइजिङ सहित उत्तरी क्षेत्रमा आँधीले प्रभाव पारेको थियो । सोमबार दशककलै सबैभन्दा ठूलो बालुवाको आँधीबेहरीको अनुभव गरिएको स्थानीय सञ्चारमाध्यले जनाएका छ । एजेन्सी