नियामीः दक्षिण पश्चिमी नाइजरमा सशस्त्र समूहको आक्रमणमा कम्तिमा ५८ जनाको मृत्यु भएको छ ।
साप्ताहिक बजारबाट फर्किने क्रममा बन्दुकधारीहरुले ती सर्वसाधारणको हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सोमबार पनि सरकारी सेनासँग विद्रोहीहरुको माली र बुर्किन फासोको सीमा नजिकै दोहोरो भिडन्त भएको थियो । सो क्षेत्रमा अलकायदासँग नजिक रहेको विद्रोही समूहका गतिविधि सक्रिय रहेको अधिकारीहरुले जनाएका छन् । नाइजरका सरकारी प्रवक्ता अब्दुरेहम जाकारीयाले घटनाको पुष्टि गर्दै तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका थिए । आक्रमणकारीहरुले गत जनवरी २ मा टिल्लेबमरीका २ गाउँमा आक्रमण गरेर कम्तिमा एक सय जना सर्वसाधारणको हत्या गरेका थिए ।
बढ्दो हिंसा पश्चिमी अफ्रिकाको सोहेल क्षेत्रमा व्यापक सुरक्षा संकटका एक हिस्सा भएको आधिकारीहरुले जनाएका छन् । यसअघिका अधिकांश आक्रमणहरु नाइजर, माली र बुर्किन फासोको सीमा नजिकै रहेको बताइएको छ । सेनाले तिल्लेबारी क्षेत्रमा गरेको जवाफी कारवाहीमा सने २०१९को डिसेम्बरमा ७० र जनवरीमा ९० जना विद्रोही मारिएका थिए । सो सामूहिक हत्याले नाइजरका नयाँ राष्ट्रपति मोहम्मद बाजुमलाई चुनौती थपिएको बताइएको छ । -एजेन्सी