भारतको तेलगंना राज्यमा एक वकिल दम्पतिलाई बीच सडकमा खुडा प्रहार गरी हत्या गरिएको छ ।
दिनदहाडै बीच सडकमा बुधबार दिउँसो गट्टू वमन राव र उनकी पत्नीको हत्या भएको हो । खुडा प्रहार हुनु अघि वकिल दम्पति कारमा कतै जादैँ थिए । बुधवार दिउँसो पेद्दापल्लीको रामागिरी मण्डल गाउँ नजिक दुई अज्ञात व्यक्तिहरुले उनीहरुको कार रोके र हमला गरे । आक्रमणकारीले राव र उनकी पत्नीलाई निर्दयी भई धारिलो हतियारले प्रहार गरे । हत्या हुँदा वरिपरिका मानिस हेरिरहेका थिए । कोहीले भने भिडियोसमेत बनाएका थिए । त्यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । जहाँ क्रुर किसिमले दम्पतिमाथि आक्रमणकारीले खुडा प्रहार गरेका छन् । हत्यापश्चात श्रीमानको शव सडकमा थियो भने श्रीमतिको शव कारमा नै रहेको थियो ।
उनीहरु दुवै तेलगंनाको सर्वोच्च अदालतमा अभ्यास गरिरहेका थिए । मर्नुअघि रावले तेलङ्गनाका सत्तारूढ़ टीआरएस पार्टीका स्थानीय नेतामाथि आक्रमणको आरोप लगाएका थिए । यता तेलंगानाका गृहमन्त्री मोहम्मद महमूद अलीले वकिल दम्पतिको हत्यामा शोक व्यक्त गरेका छन् । गृहमन्त्रीले यस घटनालाई गम्भीरताका साथ लिएको र प्रहरीले छिट्टै अपराधीहरुलाई पक्राउ गर्ने बताए । घटनाको सूचना पाउनासाथ प्रहरी घटनास्थल पुगेको थियो । दुवैलाई तत्काल अस्पताल पुर्याएपनि अत्याधिक चोटका कारण उनीहरुको मृत्यु भयो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरु पेशेवर हत्यारा हुन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक वकिलका परिवारले स्थानीय टीआरएसका नेतालाई हतयाको आरोप लगाएका छन् । वकिल रावले जनतासँग सम्बन्धित धेरै मुद्दामा अदालतमा मुद्दा दायर गरेका थिए । -एजेन्सी