इटहरीः तामाङ जातिको साझा जातिय संस्था नेपाल तामाङ घेदुङको सुनसरीस्थित दुहवी नगरपालिका कार्यसमितिको अध्यक्षमा कुष्ण योञ्जन सर्वसम्मत चयन भएका छन् ।
नेपाल तामाङ घेदुङ सुनसरीको अध्यक्ष सुरज लामा पाख्रिनको अध्यक्षतामा सम्पन्न प्रथम भेलाले योञ्जनको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । भेलामा प्रमुख अतिथि नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले, प्रदेश नं. १ का कोषाध्यक्ष जानुकला पाख्रिन लगायतले मन्तव्य राखेका थिए । भेलाले उपाध्यक्षमा सन्तोष थिङ र गीतादेवी तामाङ, सचिवमा मिलन स्याङवो, कोषाध्यक्षमा प्रमिला ब्लोन, सहसचिवमा अमर घिसिङ र सदस्यमा सीता घिसिङ, करेन्द्र कुमार लामा(ब्लोन), पेमा लामा(घिसिङ), मेलिना मोक्तान र राजकुमार मोक्तानलाई चयन गरेको छ ।
त्यसैगरी, सल्लाहकारमा कृष्णकुमार योञ्जन र अमृत लामा योञ्जनलाई चयन गरेको छ । नव निर्वाचित कार्यसमितिका पदाधिकारी, सदस्य एवम् सल्लाहकारहरुलाई प्रमुख अतिथि गोलेले नेपाल तामाङ घेदुङको विधान, २०१३ बमोजिम सपथ ग्रहण गराएका थिए । नवगठित कार्यसमितिलाई घेदुङको विधान, झण्डा, बैठक पुस्तिका लगायतका आवश्यक सामाग्री समेत प्रदान गरिएको छ । नेपाल तामाङ घेदुङको केन्द्रीय महाधिवेशन यही चैत्र २७ देखि २९ सम्म काठमाडौँमा हँुदैछ ।