इटहरीः लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीले नेतृत्व विकास तलिम सम्पन्न गरेको छ । आज इटहरीे ब्याङ्क्वेट हलमा विभिन्न व्यक्ति तथा क्लबका सदस्यलाई नेतृत्व तालिम प्रदान गरिएकोे हो ।
तालिमका मुख्य आकर्षक तथा ट्रेनर लायन्स राजिन थापा रहेका थिए । थापा अमेरिकाको क्यालिफोर्नियाका सी टु डिस्ट्रिक गभर्नर हुन् । इटहरीनिवासी थापा सन् २००३ देखि क्यालिफोर्नियामा रहँदै आएका छन् । सामाजिक संस्था लायन्सको माथिल्लो पोस्टमा पुुग्न सफल थापाले स्वदेश आएको बेला आफ्नो अनुुभव साट्न पाएकोमा खुशी व्यक्त गरे ।
उनले व्यक्ति सफल बन्न विन्रमता अनिवार्य आवश्यक रहने बताए । अरुको प्रेम जित्न सबैको आदरणीय बन्नुपर्छ भन्दै सबैको आदरणीय बन्ने व्यक्ति लिडर हुने उनले बताए । आफूले अनुुशरण गरेका कुराहरू जुन, सफल व्यक्तिका लागि आवश्यक छन्, उनले तिनै कुरालाई सुनाए । सफल बन्न सबैको सहयोग आश्यक रहेको भन्दै परिवार पहिलो प्राथमिकता रहेको उनको भनाइ थियो । उनले नेतृत्व लिने कुरा राजनीतिमा मात्र नभएको भन्दै घरदेखि समाजका विभिन्न पाइलामा नेतृत्वको आवश्यकता पर्ने प्रस्ट्याए ।
क्लबका अध्यक्ष राजेन्द्रकेशरी घिमिरेले नेतृत्व विकास पहिलो आवश्यता रहेको भन्दै यो विशेष अवसरलाई सदुुपयोग गरेको बताए ।