इटहरी: प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको छ । छातीमा समस्या देखिएको र शरीरमा चिनीको मात्रा असन्तुलित बनेपछि ओलीलाई आज बिहान साढे ४ बजे महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्याइएको थियो ।

अहिले अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा ओलीको उपचार भइरहेको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा डा उत्तमकुमार श्रेष्ठले दिएको जानकारीअनुसार उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको छ ।

श्रेष्ठले एक विज्ञप्तिमार्फत भनेका छन्, ‘उहाँको स्वास्थ्य अवस्थामा क्रमिक सुधार देखिएको र उहाँको अरू स्वास्थ्य स्थिति सामान्य रहेको अनुरोध गर्दछु ।’