इटहरीः सुनसरीको इटहरीमा रहेर निःसहाय र सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था भोइस अफ सुनसरीले शुक्रबार यस वर्षको होली पर्व मनाएको छ ।

बालबालिकालाई उनीहरुको परिवारसरह नै व्यवहार गर्दै आएको भिओएसले अन्य पर्व पनि रमाइलोका साथ मनाउँदै आएको थियो । होलीमा पनि बालबालिकाहरुलाई परिवारमा नै भएको जस्तो महसुस गराउन सामूहिक होली खेलिएको भीओएसले जानकारी दिएको छ । भीओएसमा विभिन्न ठाउँका सडक तथा अन्य ठाउँबाट उद्दार गरिएका बालबालिकाहरु र संस्थाका कर्मचारीहरुले होली खेलेका हुन् ।

voc holi 2 voc holi 1 voc holi 3

voc holi 4 voc holi 5 voc holi 6