इटहरीः नेपाल पत्रकार महासंघको चैत २५ मा हुने निर्वाचनका लागि सुनसरीमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ ।

महासंघको जिल्ला शाखामा अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ । अध्यक्षका प्रत्यासीहरुमा प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी संस्थापनका तर्फबाट जनकऋषि राई, प्रेस युनियनका बागी उम्मेदवार सचिन पोख्रेल, प्रेस चौतारी केपी ओली पक्षका सन्तोष काफ्ले र प्रेस युनियनका बागी उम्मेदवार सुविद गुरागाई रहेका छन् । यसैगरी, उपाध्यक्ष पदमा प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारीको प्यानलबाट गणेश निरौला र प्रेस चौतारी केपी ओली पक्षबाट सुमन पुरी गरी दुई जनाको उम्मेदवारी परेको छ । यसैगरी, महिला उपाध्यक्ष पदमा प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी संस्थापनका तर्फबाट उषाकिरण भट्टराई, स्वतन्त्र उम्मेदवार मनिता चाम्लिङ, प्रेस युनियनकी बागी उम्मेदवार रञ्जना पौडेल र प्रेस चौतारी केपी ओली पक्षकी सुमित्रा राई गरी चार जनाको उम्मेदवारी परेको छ ।

mahasangh manonayan2.

यसैगरी, सचिव पदमा प्रेस चौतारी केपी ओली पक्षका दिनेश गजमेर, प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी संस्थापनको संयुक्त प्यानलका तर्फबाट ध्रुव ढकाल, प्रेस युनियनका बागी उम्मेदवार पर्शुराम (विनय) बाराकोटी र स्वतन्त्र उम्मेदवार भरतराज शर्मा (गोपाल कामत) को उम्मेदवारी परेको छ । यसैगरी, सहसचिव पदमा प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी संस्थापनका तर्फबाट तिर्थबहादुर कार्की, प्रेस चौतारी केपी ओली पक्षबाट विकल रेग्मी र स्वतन्त्र उम्मेदवार हिमाल राईको उम्मेदवारी परेको छ । यसैगरी, सहसचिव समावेसीतर्फ प्रेस चौतारी केपी ओली पक्षका प्रदीपकुमार चौधरी र प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी संस्थापनका तर्फबाट भोला श्रेष्ठको उम्मेदवारी परेको छ । यसैगरी, कोषाध्यक्षमा प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी संस्थापनका तर्फबाट अजितकुमार झा, प्रेस चौतारी केपी ओली पक्षका कृष्णप्रसाद बहाव भट्टराई र प्रेस युनियनका बागी उम्मेदवार निशानप्रकृति थारुको उम्मेदवारी परेको छ । यसैगरी, महिला सदस्य पदका लागि देविका चाम्लिङ र शान्ता निरौलाको उम्मेदवारी परेको छ । यसैगरी, दलित सदस्य पदका लागि पुनम विश्वकर्मा र सुविन विश्वकर्माको उम्मेदवारी परेको छ ।

mahasangh manonayan3.

मधेसी सदस्यमा वीरेन्द्रकुमार साह र लुकमान अन्सारीले उम्मेदवारी दिएका छन् । यसैगरी, जनजाति सदस्य पदमा पारस राईको मात्र एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका छन् । समावेसी सदस्य मुस्लिम, अल्पसंख्यक तथा अपाङ्गतर्फ मोहम्मद मिकाइल निर्विरोध निर्वाचित भएका छन् । खुला सदस्यतर्फ आठ पदका लागि अर्जुन पौडेल, जमुना श्रेष्ठ, जीवन बिष्ट, दीपेन्द्रकुमार यादव, नवीन चर्मकार, निश्चल शर्मा, वसन्त बान्तवा राई, विनोद आचार्र्य, विजयकुमार राई, विवेक रेग्मी, मोहम्मद मुस्ताक आलम, रमेश पौडेल, रामबहादुर कट्वाल, संगम बिष्ट, शुक्रान्त राई, सुस्मिता राई र त्रिलोचन पौडेलको उम्मेदवारी परेको छ । यसैगरी, केन्द्रीय परिषद् सदस्यमा अर्जुन शर्मा, कृष्णविनोद लम्साल, गोपाल दाहाल, जयकृष्ण यादव, बाबुराम सुवेदी, हेमराज दाहाल र शशी कोइरालाले उम्मेदवारी दिएका छन् । यसैगरी, केन्द्रीय परिषद् सदस्य महिलातर्फ गंगा पौडेल बराल र हरिकला चापागाईँको उम्मेदवारी परेको छ ।

यसैगरी केन्द्रीय परिषद् सदस्य समावेसीतर्फ गमबहादुर लम्जेल, तारा लामगादे, नरबहादुर लिम्बू (प्रदीप म्यायाङ्बो), भैरव आङ्ला शुकदेव चौधरी र हर्ष सुब्बाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद अधिकारीको नेतृत्वमा निर्वाचन अधिकृतहरु निराजन ओझा, विष्णु बराल र अनिता रसाइलीसम्मिलित निर्वाचन समितिले उम्मेदवारको मनोनयन दर्ता गरेको हो । उम्मेदवारीउपर भोलि दाबी विरोध पेस हुनेछ ।