उदयपुरः तपाइ खाेलामा माछा मार्दै हुनुहुन्छ तर, एक्कासी गाेही भेट्नुभयाे भने के गर्नु हुन्छ ? तपाइ पक्कै एकछिन अात्तिनु हुन्छ हाेला । अाज  दिउँसाे उदयपुरकाे वेलका स्थित मुर्ति खाेलामा यस्तै भएकाे छ । स्थानियले माछा मार्ने क्रममा ५ फिट ३ इन्च लामाे गाेही भेटाएका छन् । 

प्रहरीले अाफुलाइ गाेही जिम्मा लगाएकाे बारे प्रदेशपाेर्टलसँग कुरा गर्दै डिभिजन वन कार्यालयका  अधिकृत विष्णु प्रसाद अाचार्यले भने, 'घाइते अवस्थाकाे गाेही हामीले पाएका छाैँ, प्रहरीले जिम्मा लगाएकाे हाे ।' 

अाचार्यका अनुसार गाेहीकाे शरीरका विभिन्न भागमा चाेट देखिएकाे छ । त्यसलाइ उपचारकालागि काेशी टप्पु बन्यजन्तु अारक्षमा पुर्याइसकेकाे छ । उनले गाेही पुर्ण रूपमा स्वस्थ्य भए पछि सप्तकाेशी नदिमा छाडिने छ। 

'लाेपाेन्मुख जनावरलाइ हामीले प्राकृतीक बासस्थानमा फर्काउनु पर्छ, साेहिअनुसार यहि यस्ता जीवलाइ स्वस्थउपचार पश्चात स्वतन्त्र रूपमा छाड्ने गरिएकाे छ ।' उनले भने ।

सप्तकाेशी अासपासका क्षेत्रमा बेला बेला जलचर तथा थलचर जनावरहरू वस्ति पस्ने गरेका छन् । कतिपय यस्ता जनावरहरू माटा मार्ने क्रममा मारीने पनि गरेका छन् ।