इटहरीः संविधान सभाका सदस्य तथा प्रदेश नम्बर १ का कानुन मस्यौदा समितिका संयोजक रेवतीरमण भण्डारीले नागरिकले निर्धक्कसँग व्यवसाय गर्न सक्ने वातावरण तय गर्नुुपर्ने बताएका छन् । होटल व्यवसायी सङ्घ इटहरीले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कानुनका जानकार समेत रहेका भण्डारीले प्रहरी अधिकारीको स्वभावजन्य कुराले व्यवसायी निरुत्साहित हुने वातावरण बन्न नहुुने तर्क गरेका छन् ।
‘सुरक्षाको क्षेत्राधिकारभित्र प्रहरीले होटलमा सर्च गर्न पाउने अधिकार छ,’ उनले भने, ‘तर अधिकारीको मनलाग्दीको आधारमा जथाभावी होटल खानतलासी गर्न लाग्दा विश्वव्यापी रूपमा रहेको मानवअधिकार उल्लङ्घन भएको ठहर्छ ।’
भण्डारीले नेपालको प्रचलित कानुनमा कहीँ पनि पर्यटन क्षेत्रभित्र पर्ने होटललाई रोकटोक गर्ने गरी बन्द गराउने र खुलाउने समय सीमा निर्धारण नभएको बताए । राज्यको प्रतिनिधित्व गर्ने प्रहरीले समय सीमा निर्धारण गर्ने अधिकार नभएको उनले तर्क गरे । उनले प्रहरीको दायित्व शान्ति सुरक्षा मात्र दिने हो भन्दै व्यवसायीको सहयोगीको भूमिका खेल्नुुपर्ने सुुझाव दिए ।
अपराधकर्म गर्ने व्यक्तिले होटललाई प्रयोग पनि गर्न सक्ने हुँदा आवश्यक सुरक्षाका आधारभूत कार्य गर्नुुपर्ने भन्दै व्यवसायी नै पहिले सतर्क बन्नुुपर्ने विचार पनि उनले व्यक्त गरेका छन् ।
होटल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले व्यवसाय गर्दा धेरै झञ्झटिलो समस्या पनि आउने भन्दै समाधानका लागि संस्थागत पहल गरिरहेको बताए । तर, प्रहरीले सङ्घप्रति अविश्वासको वातावरण बनाएको भन्दै त्यसो नगर्न आग्रह गरे । व्यवसायीलाई अपराधको नजरले हेर्न नहुने भन्दै सम्मानित व्यवसायकर्म गर्ने व्यक्तिको नजरबाट हेर्नुपर्ने धारणा राखे । उनले सबै व्यवसायीले सुरक्षाका उपाय अपनाउनुपर्ने भन्दै सतर्क रहन सबै व्यवसायीलाई आग्रहसमेत गरेका छन् ।
होटल व्यवसायी सङ्घ प्रदेश १ का संयोजक मणिन्द्र कटुुवालले प्रहरीले व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन हुुनुपर्ने बताए । होटल व्यवसायी सङ्घ इटहरीका पूर्व अध्यक्ष तथा पर्यटन व्यवसायी रविन गौतमले होटलमा प्रहरी छिर्न नहुने तर्क गरे । उनले समस्या भए व्यसायीसँगको आपसी समझदारीमा समाधान हुनुपर्ने भन्दै पर्यटकलाई त्यसको बोझ बोकाउन नहुने विचार व्यक्त गरे ।
इटहरी उद्योग वाणिज्य सङ्घका महासचिव टङ्क खनालले व्यवसायको माध्यमबाट इटहरी क्षेत्रको विकासमा टेवा पुु¥याउने कार्य होटल व्यवसायीले गरेको भन्दै व्यावसायिक सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने विचार राखे । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिवकुमार श्रेष्ठले सबै मिलेर अपराध न्यूनीकरण गर्न सघाउ पुुग्ने तर्क राखे । कर्मअनुसारको फलको अपेक्षा गर्नुुपर्ने भन्दै सबै सच्चिए मात्र समाज समुन्त बन्ने उनको भनाइ थियो । ‘आ आफ्नो भूमिका आफँैले खोज्ने हो भने समस्याको समाधान स्वतः निस्किन्छ,’ उनले भने, ‘सहकार्य गर्ने कार्य गरे मात्र परिपूरकको भूमिका निर्वाह हुन सक्छ । कसैले नकारात्मक सोच राखेको हो कि भन्ने भाव राख्नुुहुन्न । नकारात्मक सोच व्यावहारिक हुन सक्दैन । कुनै पनि व्यसायमा संस्था खराब हुुँदैन, व्यक्ति खराब भए संस्थालाई सोहीअनुसार हेर्ने बानी बदल्नुु आजको आवश्यकता पनि हो ।’
प्रहरीलाई होटलसम्म पुुग्ने वातावरण ननिम्त्याउन व्यवसायी लागि पर्नुपर्ने उनले बताए । ग्राहकको रेकर्ड नराख्ने र प्रमाण नष्ट गर्ने कार्य बिल्कुल गर्न नुहने श्रेष्ठले बताए ।
सुरक्षाको क्षेत्रबाट संवेदनशील बन्न आग्रह गर्दै उनले होटलमा आएका व्यक्तिको पूरा विवरण राख्नु पहिलो आवश्यकता भएको हुँदा अभिलेख अनिवार्य गर्न अनुरोध गरेका छन् ।
कार्यक्रममा इटहरी क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्ने विभिन्न व्यवसायीको उपस्थिति रहेको थियो ।