इटहरीः दुग्ध उत्पादक सहकारी संंस्थाको ४१ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । ‘एकका लागि सबै, सबैका लागि एक’ भन्ने मूल नाराका साथ साधारणसभा सम्पन्न भएको हो ।

२०३८ सालमा दुग्ध सङ्कलन केन्द्रको रुपमा स्थापित सहकारीले अहिले पूर्वको नमुना सहकारी भएको अध्यक्ष उमेश वस्तीले बताए । सहकारीमा आबद्ध ४ सय ८७ सेयर सदस्यमध्ये ३ सय ३० जना सेयर सदस्य सक्रिय रहेको उनको भनाइ थियो । केही गैरकृषक सेयर सदस्यलार्इ पनि घरैमा दुग्ध उत्पादन गर्ने काममा उत्साहित गर्न संस्था गम्भीर रहेको उनको तर्क छ ।

दुग्ध उत्पादक किसानको लागि स्थानीय सरकारसँग समन्वय गरेर थप कार्यक्रम ल्याइने वस्तीको भनाइ थियो । १ करोड २९ लाख ६७ हजार ४ सय सेयर पूँजी रहेको सहकारीले २ करोड ८६ लाख ८९ हजार १ सय ७४ रुपैयाँ ऋण लगानी भएको पाइएको छ । पशु बिमा कार्यक्रमदेखि पशुपालक किसानलाई पुरस्कार र सम्मान कार्यक्रम प्रभावकारी बन्दै गएको अध्यक्ष वस्तीले जानकारी दिए ।

भैंसी पालन गर्नेलार्इ ऋण उपलब्ध गराउनेदेखि दही उत्पादन लाई व्यवसायीकरण गर्ने लक्ष्य सहकारीले राखेको छ । त्यस्तै निक्षेप सङ्कलन २ करोड २० लाख पुर्याएर ३ करोड ५० लाख ऋण लगानीको लक्ष्य संस्थाले लिएको जनाइएको छ ।

45377562_283494749166644_2882876345082183680_n