फाेटाेः गुरू ढकाल

इटहरीः इटहरी वार्ड नम्बर १६ मा आज विश्व शान्ति महिला सङ्घ सुनसरी ले निःशुल्क आँखा शिबवर सम्पन्न गरेको छ । सो शिविरबाट २ सय जनाले लाभ उठाएको संस्थाले जनाएको छ ।

कार्यक्रममा नेत्र ज्योति सङ्घ इटहरीको आँखा अस्पतालले सहयोग गरेको थियो। शिविर वार्ड नम्बर १६ का वडाध्यक्ष दीपनारायण चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । नेत्रज्योति सङ्घकी अध्यक्ष सीता खापुङले संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक काम गर्दै जाने बताइन् । उनका अनुसार आज शिविरमा जाँच गराएका मध्ये ३२ जनामा मोतिबिन्दु भेटिएको छ । उनीहरूको निःशुल्क अप्रेसन गरिने उनले जनाइन् ।

सो कार्यक्रम इटहरी– १६ को रामजानकी शान्ति वृद्धाश्रम  पकलीमा सम्पन भएको  थियो ।  सो  क्षेत्रका पिछडिएका समुदाय र ज्यष्ठ नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको विश्व शान्ति महिला सङ्घकी अध्यक्ष सीता खापुङले बताइन् ।