तस्बिरः गुरू ढकाल
इटहरीः इटहरी १६ स्थित रामजानकी मन्दिर परिसरमा वृक्षरोपण कार्य सम्पन्न भएको छ । शनिबार कीप इटहरी क्लिन नामक संस्थाको अग्रसरतामा मन्दिरभित्रको खालि जमिनमा रूखका बिरूवा रोपिएको हो ।
धार्मिक सद्भाव, शान्ति र एकताका लागि पनि यस कार्यक्रमले भूमिका खेल्ने आयोजकले बताएको छ । मन्दिर परिसरमा भएको कार्यक्रमका प्रमुख अतिथि इटहरी १६ का वडा अध्यक्ष दीपनारायण चौधरीले वातावरण संरक्षणका लागि युवाको सक्रियता सुखद रहेको बताए ।
मन्दिर परिसरमा विभिन्न जातका बिरूवा रोपिएको थियो । यस कार्यक्रमका अभियानकर्मी सञ्जय चौधरीले वृक्षरोपण कार्यलार्इ निरन्तरता दिइरहने जानकारी दिए ।