इटहरीः
१. आ.व. २०७५/७६ को मौद्रिक नीति अनुसार मुद्रास्फीति कति पुर्याउने लक्ष्य राखिएको छ ?
- ६.५ प्रतिशत
२. नेपालले सर्वप्रथम बिप्पा सम्झौता गरेको मुलुक कुन हो ?
- फ्रान्स
३. नेपालको कुन हिमाललाई ''लेडिज पिक'' भनी उपनाम दिइएको छ ?
- अमादब्लम
४. संयुक्त राष्ट्र संघका भूतपूर्व महासचिव एवम प्रख्यात कूटनीतिज्ञ कोफी अन्नानको निधन कहिले भएको थियो ?
- सन् २०१८ अक्टोबर १८
५. विश्व आर्थिक मंचद्वारा सन् २०१८मा सार्वजनिक आर्थिक स्वतन्त्रता सूचकांकमा नेपाल कति औं स्थानमा रहेको छ ?
- १३३ औं
६. नेपालको कुन जिल्लामा हिन्दूहरूको पवित्र वस्तु शालिग्रामको संग्रहालय स्थापना गरिने भएको छ ?
- बागलुङ
७. भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको निधन कहिले भएको हो ?
- सन् २०१८ अक्टुबर १६
८. विश्वको सबैभन्दा पुरानो ग्राण्डस्लाम टेनिस प्रतियोगिता कुन हो ?
- विम्बल्डन (बेलायत)
९. बिमस्टेकको स्थापना कहिले भएको हो ?
- सन् १९९७ जुन ६
१०. नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल कुन देशसंग खेलेको हो र कहिले खेलिएको थियो ?
- नेदरल्याण्डसंग, सन् २०१८ अगस्ट १ (२०७५ श्रावण १६)
११. नेपालको कुन जिल्लामा खुल्ला कारागार स्थापना गरिने भएको छ ?
- बाँके
१२. नेपालमा नै पहिलो पटक कलेजो प्रत्यारोपण गरिएका व्यक्ति को हुन् ?
- बलराम नागा (भक्तपुर), भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा
१३. नेपाल सरकारले कहिलेबाट अँग्रेजी भाषासमेत राखी नागरिकता प्रमाणपत्र वितरण गर्न थालेको हो ?
- वि.सं. २०६६ मङ्सिर १ गतेबाट
१४. नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालको स्थापना कहिले भएको थियो ?
- वि.सं. १९४६ साउन १२ गते (वीर शमशेरको कार्यकालमा)
१५. सन् २०१८मा सम्पन्न विश्वकप फुटबल प्रतियोगिताको सबैभन्दा उत्कृष्ट गोल कुन बनेको छ ?
- फ्रान्सका बेन्जामिन पाभार्डले अर्जेन्टिना विरुध्द गरेको गोल
१६. नेपालले विश्व व्यापार संगठन (WTO) को सदस्यता प्राप्त गरेको मिति कुन हो ?
- सन् २००४ अप्रिल २३
१७. सन् २०२०मा आयोजना गरिने गृष्मकालीन ओलम्पिक खेलकुदको मस्कट के राखिएको छ ?
- मिराइटोवा (अर्थ: भविष्य र सदाका लागि)
१८. नेपाल लोकबाजा संग्रहालय कहाँ रहेको छ ?
- काठमाडौँ (त्रिपुरेश्वर)
१९. लखन थापालाई नेपाल सरकारले औपचारिक रूपमा पहिलो सहिदको रूपमा कहिले घोषणा गरेको हो ?
- वि.सं. २०७२ असोज ३ गते
२०. संघीय संसदको प्रथम बैठक कहिले बसेको हो ?
- वि.सं. २०७४ फाल्गुन २१
२१. सबैभन्दा धेरैपटक नोबेल पुरस्कारले सम्मानित हुने संस्था कुन हो ?
- अन्तर्राष्ट्रिय रेडक्रस (ICRC), ३ पटक नोबेल शान्ति पुरस्कार पाइसकेको
२२. बैंकिंग कारोबारको महत्वपूर्ण साधन एटीएम (ATM) मेशिनको आविष्कारक को हुन् ?
- जोन एड्रियन शेफर्ड ब्यारोन (बेलायत)
२३. नेपालमा कुन आर्थिक वर्षदेखि सामाजिक सुरक्षा कर लागु गरिएको हो ?
- आ.व. २०६६/०६७
२४. कुन जातिले बोल्ने भाषालाई 'बालकुरा' भन्ने गरिन्छ ?
- बरामो
२५. ३८ प्यारालल कुन दुई देशबीचको सीमारेखा हो ?
- उत्तर र दक्षिण कोरिया
पाेख्रेल इटहरी उपमहानगरपालिकामा कार्यरत छन्