भोजपुरः नेपालमा गाउँमा सडक पुगेपछि क्रमशः पुराना शैलीका घरहरू फेरिने चलन देखिन्छ । खरका छानाहरूको ठाउँमा बिस्तारै जस्ताको छानाले ओगटेको पाइन्छ । जस्ताका छाना भएका घरहरू आरसीसीयुक्त हुने गरेको पाइन्छ ।
तर, सडक पुगे पनि भोजपुरका पुराना शैलीका नेपाली मौलिक घरहरू अझै उस्तै छन् । रातो माटोले पोतेका भित्ताहरू जताततै देख्न सकिन्छ । आफ्नै बारीमा आफ्नै पौरखले उत्पादित खरका छाना भएका घर पाइन्छन् भोजपुरको दक्षिणी क्षेत्र हतुवागढी गाउँपालिकामा ।
यस्तै मौलिक घर हुनेमै पर्छिन् हतुवागढी– ८ कि दलित वडा सदस्य तारा परियार । परियार भन्छिन्, ‘खेती किसानी गरिन्जेल खरकै छाना राख्ने सोच छ । गाउँमा रातो माटो र कमेरो पाउन्जेल शहरिया चुन प्रयोग गर्दिनँ ।’
तस्बिरहरूः विराट अनुपम