इटहरीः नेपाली काङ्ग्रेस निकट पत्रकारहरूको साझा सङ्गठन प्रेस युनियन सुनसरी शाखाको नेतृत्व आलोपालो प्रणालीमार्फत् हुने भएको छ । ४ वर्षे कार्यकालको पहिलो वर्ष पत्रकार धनबहादुर पुरीेले शाखाको नेतृत्व गर्ने भएका छन् । त्यस्तै बाँकी ३ वर्षको नेतृत्व पवन अधिकारीले सम्हाल्ने भएका छन् ।
अध्यक्षमा आलोपालो भनिए पनि अन्य पदाधिकारी भने यथावत हुने प्रेस युनियन सुनसरीले बताएको छ । नवगठित युनियनको आठौँ जिल्ला अधिवेशनले उपाध्यक्षमा सञ्जीव वाग्ले र रञ्जना पौडेललाई चयन गरेको छ । सचिवमा निशान चौधरी चयन भएका छन् भने सहसचिवमा सुप्रिया राई र उषाकिरण घिमिरे चयन भएका छन् ।
त्यस्तै, कोषाध्यक्षमा मिकाइल आलम चयन भएका छन् । सदस्यमा विवेक रेग्मी, जीवन फुयँल, सम्राट थापा, जितेन्द्र शाह, नवीन पाण्डे र वीरेन्द्र शाह चयन भएका छन् । महिला सदस्यमा कृष्णकला राई, सुस्मिता राई, सपना राई र श्वेता शर्मा चयन भएका छन् । अल्पसङ्ख्यक कोटाको सदस्यमा निश्चल शर्मा चयन भएको युनियनले जनाएको छ ।