विराटनगरः सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गियर फेरेर अघि बढ्ने बताएका छन् । नेकपाको चियापान कार्यक्रममा नेता विष्णु पौडेलसहित विराटनगर आएका उनले सरकारले कामको गति बढाउने सञ्चारकर्मीलाई बताए ।

उनले मौसमअनुसार सरकारले गति घटबढ गर्ने बताए । हिलो सिजनमा १ नम्बर गियरमा चलेको सरकारको गति गियर बदलेर बढाउने उनले बताएका हुन् । उनले मन्त्री परिवर्तन गर्ने सम्भावना नभएको पनि स्पष्ट पारे ।

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने सम्भावना नसकिएको उनको भनाइ थियो । उनले मोदी नेपाल नआउने खबर ठूलो नभएको भन्दै यसलाइै त्यति ठूलो खबर बनाउन आवश्यक नभएको तर्क गरे ।

विवाह पञ्चमीको अवसरमा १२ डिसेम्बरमा मोदी जनकपुर आउने कार्यक्रम रहेको बताइए पनि मोदी नआउने खबर पनि आइरहेका छन् ।