विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको स्वास्थ्य अवस्था सामान्य रहेको छ । घाँटीको समस्या पत्ता नलागेपछि रार्इ शुक्रबार उपचारका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका थिए ।
बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा भएको जाँचअनुसार उनको अवस्था सामान्य रहेको चिकित्सककाे भनाइ उदृत गर्दै रार्इका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिएका छन् । मुख्यमन्त्री राईको स्वास्थ्य उपचारमा डाक्टरहरु ल्ट्टि काेमाेन्हिरून, सिरिचार्इ निरमार्न्सकुल र सुथेप पटचरट्रकुल रहेका छन् ।
रार्इकाे विस्तृत रिपाेर्ट कात्तिक २६ गते अाउने जनाइएकाे छ । रार्इ लामाे समयदेखि घांटीकाे समस्याबाट ग्रसित थिए । उनकाे सचिवालयले दिएकाे जानकारीअनुसार उनकाे सम्पुर्ण उपचार खर्च निजि स्राेतबाट हुनेछ ।