इटहरीः  

एउटै गाडीमा सबैभन्दा लामो दूरीसम्मको यात्रा

33 प्राय: हामी निजी गाडीमा सवारी गर्दा ५० हजार देखि १ लाख किलोमिटरसम्म चलुन्जेल कुदाउने गर्दछौं र गाडी सट्टापट्टा वा विक्री गरी नयाँ सवारीमा यात्रा गर्दछौं।

तर, अमेरिकाको अलास्का राज्यका इर्भिन गोर्डनको यात्रा सम्झँदा हामी अचम्ममा पर्न सक्छौं। किनकी उनले सन् १९६६ मा खरिद गरेको भोल्भो जिपमा सन् २०१३ सम्ममा ३० लाख ३९ हजार १२२ माईल अर्थात ४८ लाख ६२ हजार ५९५ किलोमिटरको यात्रा तय गरेर गिनिज बुकमा एउटै गाडीमा सबैभन्दा लामो दूरीसम्मको यात्रा गर्ने विश्व कीर्तिमान राखेका छन्। उनको यो यात्रा पूरै पृथ्वीका भूभागको यात्रा १२० पटक गरे बराबर हुन आउँदछ। यो गाडी उनले सन् १९६६ मा नै ४ हजार १ सय ५० अमेरिकी डलरमा खरिद गरेका थिए, जसको निम्ति उनले त्यतिवेला एक वर्षभरी प्राप्त हुने सम्पूर्ण तलबभत्ता खर्च गरेका थिए।

सबैभन्दा बढी दाँत भएको व्यक्ति

1 साधारणतया वयस्क मानिसको मुखमा ३२ वटा दाँत रहेको हुन्छ। तर, भारतको कर्नाटक राज्यको दावणगेरे सहरका विजय कुमार भी.ए.को मुखमा जम्मा ३७ वटा दाँत रहेको पाइएको छ, जसका कारण उनले गिनिज बुकमा समेत नाम लेखाउन सफल भएका छन् ।

सबैभन्दा लामो नाक भएको व्यक्ति

2 विश्वमा रहेका विभिन्न जाति र नश्लका मानिसहरुको फरकफरक ढांचाको नाक रहेको पाइन्छ। कसैको नाक चुच्चो, तिखो र थेप्चो किसिमको देख्न सकिन्छ। तर, विश्वमा यस्ता व्यक्ति भेटिएका छन्, जसले आफ्नो लामो नाकको कारण विश्वमा नाक राख्न (इज्जत कायम गर्न) सफल भएका छन्। उनी हुन्, टर्कीका मेहमेत ओजुरेक जसको नाकको लम्बाई ८.८ सेन्टिमिटर रहेको छ। जुन औसतभन्दा कैयौँ गुणा लामो नाकको कीर्तिमान पनि हो।

सबैभन्दा मोटो मान्छे

5 मोटोपनलाई शारीरिक विकृति एवम् रोगको घरका रूपमा लिने गरेको पाइन्छ। तर, संसारमा एक त्यस्ता व्यक्ति छन् जो आफ्नो असुहाउँदो एवम् भीमकाय शरीरका कारण विश्व कीर्तिमान कायम गर्न सफल भएका छन्। मेक्सिकोका ३४ वर्षीय जुआन पेड्रो फ्रान्को आफ्नो शरीरको ५९५ केजीको तौलका कारण चिनिएका छन्।

सबैभन्दा परसम्म मुख तन्काउन सक्ने मानिस

51 संसारमा त्यस्ता व्यक्ति पनि भेटिएका छन, जो आफ्नो खानेमुखलाई धेरैपरसम्म तन्काउन सक्छन्। इटालीका फ्रान्सिस्को डोमिङ्गो जोकिम आफ्नो खानेमुखलाई १७ सेन्टिमिटर परसम्म तन्काउन सक्छन्, जसका कारण उनी गिनिज बुकमा समेत नाम लेखाउन सफल भएका छन।

दारीवाल युवती

4 पन्जावी घराना एवम् भारतीय मूलकी बेलायती युवती हर्नाम कौरले दारीवाल युवतीको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल भएकी छन्। २४ वर्षको उमेरमा उनको अनुहारमा वयस्क पुरुष बराबर दारीजुङ्गा आएकोले गिनिज बुकले दारीवाला युवतीको विश्वकीर्तिमानको प्रमाणपत्र प्रदान गरेको हो। हर्नाम कौर प्रोजेक्ट ६० नामक अभियान समेत चलाउछिन्, जसको उद्देश्य महिलामाथि हुने यौनजन्य हिंसा एवम् अश्लील हर्कतलाई रोक्नु हो।

सङ्कलन: अनिल पोख्रेल (एजेन्सीको सहयोगमा)