इटहरीः देउडा गायिका रेखा जोशी र गायक टेकेन्द्र रोकायाको आवाजमा रहेको नयाँ गीत “मलाई त तै सुवा मन पडी” को भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

गीतमा युवा अवस्थामा भएका प्रेमील जोडिको मनको भावनालाई समेटिएको छ । वसन्त चन्दको शब्द तथा टेकेन्द्र रोकायाको संगीत एवम केशव बडुको संगीत संयोजन भिडियोमा रहेको छ । प्रकाश खड्काको छायाँकन , लक्ष्मण चौहानको सम्पादन विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । “मलाई त तै सुवा मन पडी” विक्रम चौहान , अरनवी ढुङ्गाना र नवराज बरालको फिचरिङ रहेको छ ।