धरानः धरानका गायक रोहित मास्केले आफ्नो नयाँ गीत “ चिसो चिसो हावा चल्यो” विश्व संगीत दिवस “को अवसर पारी सार्वजनिक गरेका छन् ।

आफ्नै युट्युब च्यानलमार्फत् “लिरिकल भिडियो” को रुपमा सार्वजनिक गरिएको गीतमा गायक मास्केकै शब्द –संगीतसमेत रहेको छ । जेम्स प्रधानले संगीत संयोजन तथा मिक्सिङ्ग गरेको गीत रेकर्डिङ्ग धरानको भावना स्टुडियोमा गरिएको हो । धरानका पुराना गायक रोहित मास्के लामो समयको विदेश बसाइपछि विगत ५ वर्षदेखि धरानमै आफ्नो व्यवसायसँगै फुर्सदको क्षणमा संगीतमा समेत समय दिने गर्दछन् ।

धरानमा हुने विभिन्न सांगीतिक कार्यक्रममा समेत भाग लिइरहने गायक मास्केले “चिसो चिसो” बोलको गीत पनि धेरै पल्ट गाइसकेका छन् । एक वर्षअघिको कोभिड महामारीमा केही गीतहरु सार्वजनिक गरेका गायक मास्केले एक वर्षपछि नयाँ गीत सार्वजनिक गरेका हुन् । यही गीतको छिट्टै म्युजिक भिडियोसमेत बनाउने तयारीमा छन् गायक रोहित मास्के ।