इटहरीः सुनसरीमा निषेधाज्ञा थप एक साता लम्बिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले भोलि बिहान १ः०० बजेदेखि असार १४ गते मध्यराति १२ः०० बजेसम्म निषेधाज्ञा यथावत राख्ने निर्णय गरेको डीसीसीएमसीका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनका अनुसार निषेधाज्ञा अवधिमा बिहान ५ः०० बजेदेखि मध्यान्न १२ः०० बजेसम्म सञ्चालन गर्न पाइनेछ । यसैगरी, पुस्तक तथा स्टेशनरी पसल पनि बिहान ५ः०० बजेदेखि मध्यान्न १२ः०० बजेसम्म सञ्चालन हुनेछन् । दुग्धजन्य पदार्थ तथा पशुपन्छि र तिनको आहाराको आयात निर्वाध रुपमा गर्न सकिनेछ ।

उद्योग, कृषि र विकास निर्माणका सम्पूर्ण गतिविधि निर्वाध रुपमा सञ्चालन गर्न सकिनुका साथै विकास निर्माणका सामग्री ढुवानी गर्ने ट्रक, ट्रिपर तथा ट्र्याक्टरसमेत सञ्चालनमै रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पसल सञ्चालन गर्दा सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड भने पूर्ण रुपमा पालना गर्नुपर्ने कार्यालयले प्रष्ट पारेको छ ।

nsdg.