इटहरीः झापाको अर्जुनधारा नगरपालिका ११ स्थित अर्जुनधारामा माछा मार्ने क्रममा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४० वर्षीय माइकल सोरेन रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार हिजो बेलुका ५ः४५ बजे उनी घरदेखि २० मिटर पश्चिममा रहेको माछा पोखरीमा माछा मार्ने क्रममा पोखरीमा डुबी बेपत्ता भएका थिए ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय अनारमनी र १ नम्बर प्रदेश विपद् व्यवस्थापन चन्द्रगढी झापाबाट प्रहरी टोली खटी गई खोजतलास गर्ने क्रममा आज बिहान १० बजे सोरेनको शव फेला पारेको हो । शवलाई कानूनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि मेचि अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।