इटहरीः उदयपुरको रौतामाई गाँउपालिका १ स्थित टाट्नेमा ट्याक्टरबाट लडेर एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा सोही ट्र्याक्टरका सहचालक रौतामाई ७ का ३२ वर्षीय तुलबहादुर केप्छाकी मगरको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्माका अनुसार हिजो दिउँसो १ बजे नेपाल टेलिकमको चित्रे टावरको सामान लिएर जाँदै गरेको स १ त ६८५८ नम्बरको ट्याक्टरबाट अचानक लडेर गम्भीर घाइते भएका उनको सोही दिन अपराहन्न ४ः४५ बजे जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो । ट्र्याक्टर र चालक रौतामाई ७ का २५ वर्षीय चेतु दमाई जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।