इटहरीः मोरङको रंगेली नगरपालिका–७ रंगेली बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्र १–०२–०४३ प ८०११ नम्बरको मोटरसाइकलका चालक रतुवामाई–६ सौठा का ४२ वर्षीय तिलकराज खड्का रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाले बताए । उनका अनुसार आज बिहान ९ः१५ बजे पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ३४९३ नम्बरको ट्रिपरले सोही दिशातर्फ जाँदै गरेको प्र १–०२–०४३ प ८०११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी दिँदा गम्भीर घाइते भएका खड्काको रंगेली अस्पतालमा पुर्याउनासाथ मृत्यु भएको हो । ट्रिपर र चालक धनपालथान–६ का ३९ वर्षीय विद्यासागर रायलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिई विस्तृत अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।