इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा ज्यान गएको छ ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका १७ का ७६ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार असार १ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन उपचारार्थ प्रतिष्ठानमा भर्ना भएका पुरुषको उपचारका क्रममा आज बिहान १२ः३० बजे ज्यान गएको हो । मृतक पुरुष मधुमेह र ‘हाइपर्टेन्सन’ नामक मानसिक समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।