विराटनगरः नोबेल शिक्षण अस्पताल विराटनगरले मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय भन्दा बढी बिरामीले लाभ लिएका छन् । लक्ष्मीमार्गस्थित लक्ष्मी माध्यमिक विद्यालयमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरी ४ सय ४३ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।

शिविरमा ८९ जनाको भिडियो एक्सरे, २३ जनाको ईसीजी र १ सय ६ जनाको ल्याब टेष्ट गर्नुका साथै शिविरमा उपचार हुन नसकेका ३० जनालाई नोबेल अस्पताल रिफर गरिएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए । ‘शिविरमा हाडजोर्नी, आँखा र छालासम्बन्धी समस्याका बिरामी बढी आएका उनले बताए ।

नोबेल शिक्षण अस्पतालले ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले नियमित रूपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको अस्पतालका सञ्चालक डा. सुनिल शर्माले बताए ।

Swastha-Sibir-Photo swasthya  (1)