तेलुगुः दक्षिण भारतीय चलचित्रका सुपरस्टार महेश बाबुका आन्ध प्रदेश र तेलङ्गानका चलचित्रहरू भारतमा अन्य विभिन्न भाषामा डब हुने गर्छन् ।

तेलुगु चलचित्र उद्योगका धेरै पारिश्रमिक बुझ्ने अभिनेताहरूमध्ये महेश बाबु पनि एक हुन् । तर, धेरैलाई थाहा नहुन सक्छ, अभिनेता महेशलाई तेलुगु बोल्न र लेख्न आउँदैन । खासमा अभिनेता महेब बाबु चेन्नाईमा हुर्किएका थिए । उनी तमिल र अंग्रेजी भाषा भने मज्जाले बोल्छन् ।

निर्देशकका अनुसार भाषा नजाने पनि उनी याद गरेर भएपनि चलचित्रमा राम्रोसँग डायलग बोल्ने गर्छन् । उनले २० वर्षको आफ्नो अभिनय करियरमा ४० भन्दा बढी चलचित्रहरूमा काम गरिसकेका छन् । उनका अहिलेसम्म १८ वटा चलचित्रहरू हिन्दी भाषामा डब भैसकेका छन् । -नवभारत टाइम्सबाट