इटहरीः मोरङको विराटनगर महानगरपालिका १६ स्थित दक्षिण गेटबाट लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका साढे ६ बजे लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी ७ का ३२ बर्षीय राज कुमार मगर रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । अभियुक्तले बोकेको झोलामा खाने तेलको गिलेनमा एभिल ७७ एम्पुल, लुपिजेसिक ७५ एम्पुल, डाइजाल्याप ७५ एम्पुल र फेनारगन ७८ एम्पुल फेला परेको थियो । पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखी लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।