इटहरीः इटहरी बजारको उत्तरमा रहेको धरान लाइनस्थित सप्तकोशी डिजिटल फोटो स्टुडियोको माथिल्ले तलाको सप्तकोशी इलेक्ट्रोनिक्सबाट आज आगलागी शुरु भएको हो ।

रेखा पराजुलीको चारतले घरबाट शुरु भएको आगलागीले सँगै जोडिएको गणेश लुइँटेलको घरमा पनि क्षति गरेको छ । तर, क्षतिको पूर्ण विवरण आउन भने बाँकी रहेको प्रहरीले बताएको छ । आगलागीको कारण पनि खुल्न सकेको छैन । विद्युत सर्ट भएर वा अन्य कारणले आगलागी भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । आगलागीको सो अवस्थालार्इ प्रदेश पाेर्टलकर्मी गुरू ढकालबुलेट खतिवडाले तस्बिरमा उतारेका हुन् ।

 

 itry aagoo (1) aagoo (2) 45499178_529582057506559_4130352211840466944_n 45506217_771040646564349_8811547482770112512_n copy 45527653_263210631056373_4534447233541603328_n 45519648_904044696461812_3385252824244813824_n 45575099_1070701203107269_2067078651878309888_n2 copy 45631614_352355548856681_3985409439401246720_n 45645839_828585814199241_7284204314279542784_n