मुम्बईः बलिउडका चर्चित गायक कुमार सानुले विवादित बनेको ‘इन्डियन आइडल १२’ बारे मुख खोलेका छन् । उनले रियालिटी शोहरुले प्रतिभाहरुलाई लाइमलाइटमा ल्याउने तर अगाडि काम दिलाउने जिम्मेवारी नलिने बताए ।

यी प्लेटफर्मममा आएका हरेकले मौका पाउँछन् भन्ने नहुने र उनीहरुलाई काम दिने÷नदिने निर्माता तथा म्युजिक निर्देशकहरुमा भर पर्ने उनको भनाइ छ ।

“जति धेरै गसिप, उनीहरुको टीआरपी पनि उत्तिकै बढ्दै जान्छ । बुझ्ने कोसिस गर्नुहोस्, ठूलो कुरै होइन,” उनले भने ।

यसअघि, गायक अभिजीत भट्टाचार्य र अभिजीत सावन्तले ‘इन्डियन आइडल’को टिमसँग आक्रोशित हुँदै उनीहरुले प्रतिभालाई महत्व दिनेभन्दा पनि गरिबी र प्रेमको ‘एंगल’लाई बढी फोकस गर्ने गरिएको बताएका थिए ।

उनीहरुले सिजन–१२ का निर्णायकहरु नेहा कक्कड, हिमेश रेशमिया र विशाल ददलानी ‘कम अनुभवी र ‘सेल्फ सेन्टर्ड’ भएको आरोप पनि लगाएका थिए । -नवभारत टाइम्सबाट