इटहरीः अनाधिकृत रुपमा कर छुट दिएको आरोप लागेका आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा ढकालसहित कर फछ्र्यौट आयोग २०७१ का अधिकारीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
ढकालका साथै आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालविरुद्ध एक अर्ब तेत्तीस लाख बीस हजार तीन सय पचासी रुपैयाँ बिगो दाबी गर्दै हिजो विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।
उनका अनुसार अभियुक्तहरुले नेपाल सरकारको मिति २०७१÷१०÷२२ मा नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फर्छ्यौट आयोग ऐन, २०३३ ले दिएको अधिकारक्षेत्रबाहिर गई बदनियतपूर्वक करदाताहरुसँग कर फर्छ्यौट सम्झौता गरी नेपाल सरकारलाई प्राप्त हुने ठुलो मात्राको राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको भनी आयोगमा परेको उजुरीका आधारमा अनुसन्धान गर्दा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र दफा ७ को देहाय (क) मा परिभाषित कसुर गरेको पुष्टि हुन आएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले उल्लेख गरेबमोजिम बिगो कायम गरी दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम कैद गरी दफा ७ बमोजिम जरिवाना सजाय माग गर्दै मुद्दा दायर गरिएको हो ।

















