बेलबारीः मोरङको बेलबारी नगरपालिकास्थित लक्ष्मी सामुदायिक वन उपभोक्ता समूहले सोमबार एक कार्यक्रमका बीच बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

लगभग पाँच हेक्टर जग्गामा बेल, सतिसाल, बडहर, लगायतका विभिन्न प्रजातिका बिरुवाहरु रोपिएको समूहका अध्यक्ष सुजय गौतमले बताए । कार्यक्रमका विशिष्ट अतिथि सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश १ का सचिव अग्नि पौडेलले सामुदायिक वनहरुले कृयाशील भएर काम गरिरहेको परिप्रेक्षमा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको नीतिगत रुपमा थप भूमिका हुनुपर्ने बताए । कार्यक्रमकी प्रमुख अतिथि बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले लक्ष्मी सामुदायिक वन उपभोक्ता समूहको अभियान उदाहरणयोग्य भएको भन्दै समूहलाई धन्यवाद व्यक्त गरिन् । मन्तव्यकै क्रममा प्रमुख अतिथि पराजुलीले बिरुवा रोप्नु मात्र ठूलो कुरा नभई रोपिएका विरुवाको संरक्षण र जगेर्ना अझ महत्त्वपूर्ण विषय भएका कारण समूह र आम नागरिकले अब यसतर्फ ध्यान दिनसके जरजर भूमिहरु हराभरा बनाउन समय नलाग्ने बताइन् ।

tp2

पराजुलीले वन तथा वातावरण विकास नगरपालिकाका प्राथमिकताका क्षेत्रभित्र रहेकाले अब छिटै वन तथा वातावरण कार्यविधि निर्माण गरी पालिकाभित्रै वन वातावरण शाखा स्थापना गर्ने नगरपालिकाको कार्यक्रम रहेको बताइन् । समूहका अध्यक्ष सुजय गौतमको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुली, वडा नं ११ का वडाध्यक्ष यमबहादुर पोख्रेल, सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश १ का सचिव अग्नि पौडेल, जिल्ला अध्यक्ष रामकृष्ण राई लगायतको उपस्थिति रहेको थियो । कोरोना भाइरस (कोभिड १९) का कारण मृत्यु भएका नगरवासीहरुको सम्झनास्वरुप वृक्षारोपण गर्न बेलबारी नगरपालिकाले समेत समूहलाई आर्थिक सहयोग गरेको थियो ।

tp4 tp3