इटहरीः एउटा ठूलो ढुङ्गा छ । एक प्रकृतिको त्यो ढुङ्गामा अर्काे प्रकृतिको ढुङ्गा बीच भागमा बसेको छ । महिलाको योनीजस्तै आकारको यो ढुङ्गालाई स्थानीयले ‘सुत्केरी शिला’ भन्छन् । स्थानीयहरूका अनुसार सुत्केरी भएको जस्तै देखिएकाले यो शिलालाई सुत्केरी शिला भनिएको हुन सक्छ ।

कतिपयले ढुङ्गा खोपेर अर्काे ढुङ्गा गाडेको आशङ्का गरे पनि स्थानीय पाकाहरू भने सुत्केरी शिला वर्षाैंदेखि प्राकृतिक रूपमै त्यस्तै भएको बताउँछन् ।

दक्षिणी भोजपुरको घोडेटार बजार नजिकै रहेको खैराङको यो शिला हेर्नेहरू बढेको स्थानीय कमल कार्कीले बताए । स्थानीयहरूले मात्रै हेर्दै आएको यो शिला हेर्ने बाह्य आगन्तुकरू पनि पछिल्लो समय बढेको स्थानीयको भनाइ छ ।

भोजपुरको पात्लेपानी र घोडेटार बजारको बीच भागमा पर्ने यो शिला सडक नजिकै छ । सडक आएसँगै नयाँ आगन्तुकहरू आउन थालेका छन् । शिला भएको क्षेत्रमा स्थानीयले काठको फ्रेम बनाएको र घेराबाराको काम गर्ने सोच बनाएको गाउँकी सीता कुँवरले बताइन् ।

20181103_073141 copy